रणविर कपुरको मिल्ने साथी कुकुर हो !



ranveer-&-dogठुलोपर्दा डटकम, काठमाण्डौ। चलचित्र सावरियाबाट वलिउडमा प्रवेश गरेका अभिनेता रणवीर कपुरको लोभलाग्दो अभिनयको चर्चा अहिले सिनेनगरीमा निकै नै चुलिएको छ ।

रणवीरका फ्यान अहिले दिनप्रतिदिन बढिरहेका छन् भने चलचित्र पनि हिट नै भइरहेका छन् । वलिउडकी चर्चित नायिका कैटरिना कैफसँगको समबन्धको चर्चाले पनि यिनी थप चर्चामा आईरहन्छन्।

यिनै नायक रणवीरका १० गोप्य कुरा जुन तपाईलाई थाहा नहुनसक्छ, त्यसलाई वलिउड सेलिवडेनको सहायतामा प्रस्तुत गरेका छौ:

१. अन्य मानिसजस्तै रणवीरको पनि एउटा कुकुर छ जुन उसको ‘बेस्ट फ्रेन्ड’ अथवा मिल्ने साथी हो । उक्त कुकुर नाम ‘डियुड्ली’ हो ।
२. हामी कुकुरको विषयमा कुरा गर्दा एकपटक सोँचौ त रणवीरको कुकुरको नाम ‘डियुड्ली’ कसले राखिदिएको होला । रणवीर आफैले हुन् र अर्को कुरा के पनि हो भने कुकुरको नाम रणवीरकी ममीले भने रेमोन्ड राखिदिएकी छिन् । त्यही भरमा घरमा रणवीरका कुकुर दुई नामले पुकारिन्छन् ।
३. रणवीर कि ‘स्पीड डायल’ यादगर के होला ? कसैले दिपिका कसैले कैटरिना भन्लान् । तर होइन् । किनकी उनी हुन् नितु सिंह ।
४. नितुका कुरा गर्दा अर्को एउटा सत्य पनि सार्वजनिक गरौ । त्यो हो नितुले रणवीरको नंग पनि काटिदिने गरेकी छिन् र १५ सय पकेट हरेक हप्ता दिने गरेकी छिन् रे ।
५. रणवीरको मनपर्ने डायलग हो ‘मै किलर हुँ’ । घमण्डी छैनन् त ?
६. तपाई रणवीरको अटोबायोग्राफी अथवा बायोग्राफी पढ्न रुचाउनुहुन्छ ? तर रणवीर त अरुको बायोग्राफी र अटोबायोग्राफी पढ्न खुब रुचाउँछन् । र आफ्नो पनि त्यसैले तपाईले लेख्ने कि ?
७. रणवीर ‘फ्लिप–फ्लप’(एकप्रकारको खुल्ला जुत्ता) इटालियन फेशनको किन्छन् र घरमा बस्दामात्र प्रयोग गर्छन् ।

विगतमा खुलेका केही गोप्य :
८. उनी सानैदेखि खाइहाल्दो बच्चा थिए र अहिले पनि त्यस्तै छन् । उनी खान मनपराउने गर्छन् र ‘डाइटिङ’ मनपराउँदैनन् ।
९. रणवीरले एकपटक आफ्नो बाबुको दाह्री शेफ गरेपछि प्रयोग हुने ‘आफ्टर शेभ’ खाएछन् र हस्पिटल पुग्नुपरेको थियो । उनको यो व्यवहारले उनी चकचके थिए भन्ने बताउँछ ।
१०. रणवीरको दाहिने गालामा काटेको लामो दाग रहेको छ जुन उनी बाथरुममा लड्दा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu