नेपाली रजतपटमा रातेँ काईँलाको नामले परिचित कलाकार सुनिल थापा भारतको ‘फिल्म फेयर अवार्ड’ को मनोनयनमा परेका छन् । चलचित्र ‘मेरी कोम’ बाट कलाकार थापा फिल्म फेयर अवार्डको उत्कृष्ट सह अभिनेताको विधामा पर्न सफल भएका हुन् ।
बलिउडको प्रतिष्ठित फिल्म फेयर अवार्डको यो ६० औं श्रृङ्खला हो । ‘मेरी कोम’ मा सुनिलले बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको बक्सर गुरुको भूमिका निभाएका थिए । हाल मुम्बईमा रहेका थापा केही दक्षिण भारतीय फिल्ममा पनि काम गर्ने योजनामा छन् । केहि दिन भित्र नेपाल आउने बताएका सुनिललाई जिताउन अनलाईन मार्फत भोट गर्न सकिने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
१ सय भन्दा बढि नेपाली चलचित्रमा खलनायक र विभिन्न तरहका अभिनय गरेका सुनिलले यस भन्दा अघि पनि केहि बलिउड फिल्महरुमा अभिनय गरिसकेका छन् ।