अभिनेत्री प्रियंका चोपडाले विकिनी लगाएर कुनै प्रतियोगिताका स्टेजमा जान निकै असहज लाग्ने बताएकी छिन् । मिस वर्ल्ड आयोजक संस्थाले आउँदो वर्षदेखि प्रतियोगितामा बिकिनी राउण्ड हटाउन लागेको विषयमा प्रतिक्रिया दिँदै प्रियंकाले आफ्नो अनुभव यसरी साटेकी हुन् ।
प्रियंका सन् २००० मा मिस वर्ल्ड बनेकी थिइन् । बिकिनी लगाएर स्विमिङ पुलमा फोटो सेसन गर्नुसम्म त ठीकै हो किनकी त्यहाँ त माहोल स्वभाविक हुन्छ तर स्टेजमा बिकिनी लगाउनु अजिव लाग्छ, उनले भनिन् ।