फेरी एकपटक आर्यन र नम्रताको जोडी जम्ने



Aaryan-Namrata

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पर्दामा निकै रचाईएको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई अब दर्शकले फेरी पर्दामा देख्न पाउने भएका छन् । पछिल्लो चलचित्र ‘नोभेम्बर रेन’ पश्चात कुनै अरु कुनै पनि चलचित्रमा नदेखिएका यि जोडिको सुरुवात ‘मेरो एउटा साथी छ’ चलचित्रबाट भएको थियो ।

अब योजोडी ‘नोभेम्बर रेन’ टीमकै नयाँ चलचित्र ‘क्लासिक’मा एकसाथ देखिने भएका छन् । सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसँगको सहकार्यमा निर्माण गर्न लागेको ‘क्लासिक’मा आर्यन र नम्रताको म्युजिकल लभस्टोरी हेर्न पाइने भएको हो । उनीहरु सगैं चलचित्रमा दयाहांग राई पनि देखिने छन् ।

सुवास गिरीको लगानी रहने चलचित्र ‘क्लासिक’को छायांकन फागुनको पहिलो साताबाट सुरु हुने चलचित्रका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । चलचित्रमा ताराप्रकाश लिम्बु र छेतन गुरुङको संगीत र लेखन रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu