प्रेममा सुमिना, बैशाखमा हुनेछ रोशनसँग बिहे



sumina-roshan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र क्षेत्रबाट खासै राम्रो पहिचान बनाउन नसकेकी नायिका सुमिना घिमिरे अब चाडैं बैबाहिक जीवनमा बाधिन लागेको बताइएको छ । ठुलोपर्दालाई प्राप्त खबर अनुसार एक गीतको म्युजिक भिडियोको सुटिङका बेला काभ्रे घर भएका रोशन सापकोटासँग सुमिनाको चिनजान भएको थियो । त्यहि बेला देखी रोशन र सुमिना प्रेममा रहदैं आएको बताइएको छ ।

पेशाले पाइलट रहेको रोशन हाल पाइलट काम गदैंनन् तर केहि महिनापछि उनी आफ्नो कामलाई निरन्तरता दिने बताइएको छ । अहिले आफ्नो घर सुर्खेतमा रहेकी सुमिनाले अबका दिनबाट चलचित्र नखेल्ने उद्घोष समेत गरिसकेकी छिन् । छविलाल कन्जुस छैन चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी सुमिनाले अहिले सम्म करिब आधा दर्जनभन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । मंसिर १९ गते मात्र उनले अभिनय गरेको चलचित्र रंग बैजनी प्रदर्शनमा आएको थियो ।

उनी सोहि चलचित्रको प्रचार प्रसारको समय देखी नै सम्पर्क विहिन भएकी थिइन । सुमिनाको पहिलो सोलो चलचित्र भने दुलही हो । उनले उक्त चलचित्रबाट मात्र ५ वटा अवार्ड समेत हात पारेकी थिइन । त्यसपछिका चलचित्रहरुले भने खासै कमाल देखाउन सकेनन् । चलचित्रक्षेत्रबाट टाढिन पनि सुमिनाका प्रेमी रोशनले नै आग्रह गरेको बुझ्नमा आएको छ । हाल रोशन नेपालमै छन् ।

सुमिनाको घरपरिवार देखी रोशनको परिवारले समेत उनीहरुको बिबाहका लागि राजी भईसकेका छन् । प्राप्त खबर अनुसार उनीहरुको बिबाह बैशाखमा हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu