ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यूवापुस्ताको मनको भाव बोकेको चलचित्र आभाषको नयाँ गीत रिलिज भएको छ । ‘तिम्रो अंगालोमा’ नामक सार्वजनिक गीतमा आश्मा डिसी र संयम पुरी देखिएका छन् । बास्तविक जीवनमा नै प्रेम सम्बन्धमा रहेका यि जोडी सार्वजनिक तिम्रो अंगालोमा नामक गीतमा पनि यि दुईको प्रेमभावलाई देखाइएको छ ।
सार्वजनिक गीतमा इमिना सिंह (सुनिमा)को आवाज, शब्द-संगीत सुजेन्द्र कार्कीको र गम्भिर विष्टको कोरियोग्राफी रहेको छ । क्रिएटिभ फिल्म र ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र आभाषमा पुरुषोत्तम प्रधानको छायांकन, गम्भीर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र आभाषमा निशा अधिकारी, सलोन बस्नेत, सयंम पुरी, आष्मा डिसी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई गोविन्द शाही र दिपक शाहीले संयुक्त निर्माण गरेका हुन् ।
भिडियो हेर्नुहोस्: