तक्मेबुढाको खञ्चुवा रुप (भिडियो)



Wilson-Rai

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फेब्रुअरी १ मा अष्ट्रेलियामा प्रिमियर हुन लागेको चलचित्र ‘अधकट्टी’को अष्ट्रेलियाको टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा गौरव पहारीलाई कन्फ्युज, प्रदीप बास्तोलालाई लुज र विल्सनविक्रम राई (तक्मे बुढा)लाई खञ्चुवा पात्रमा रुपमा देखाइएको छ ।

अष्ट्रेलियामा रहेको सिनेमा क्लबले सिड्नीमा चलचित्र प्रदर्शन गर्न लागीएको बताइएको छ । अष्ट्रेलियाको लागि अर्चना थापा निर्माताको रुपमा रहेकी छिन् । ‘अधकट्टी’मा प्रदिप, गौरव, आशिष्मा, रिश्ता र विल्सन विक्रम राईको मुख्य अभिनय रहेको छ । पढाईमा कमजोर दुई युवकले पैसा कमाउने चक्करमा लाग्दा भोगेका समस्याहरुलाई कमेडी शैलीमा चलचित्रमा उतारिएको बताइएको छ । नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टलाई विशेष भूमिकामा देख्न सकिनेछ ।

संचारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्र ‘अधकट्टी’लाई प्रदीपकुमार उदयले निर्माण गरेका हुन् । चलचित्रमा विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ ।

फागुन १ गते नेपालमा प्रदर्शनमा आउने भनिएको चलचित्र ‘अधकट्टी’ र वान वे विच गोलाप्रथा हुदाँ वान वेले फागुन १ गते प्रदर्शन मिति पाएपछि ‘अधकट्टी’ले नेपालमा फागुन १ गते प्रदर्शन मिति रोकेको थियो ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu