आयो ‘जिन्दगी रक्स’



rocks

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एक सय भन्दा बढी म्युजिक भिडियोको निर्देशनबाट खारिएका निर्देशक निकेश खड्काद्वारा निर्देशित पहिलो चलचित्र जिन्दगी रक्स देशभर रिलिज भएको छ । भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठको निर्माणमा बनेको यो चलचित्र युवा पुस्ताको कथामा आधारित छ ।

चलचित्रमा अकेशा बिष्ट, सौरमराज तुलाधर, सोनाम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी र पाका कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्कीले चलचित्रमा अभिनय गरेका छन् । विशेषगरी, काठमाडौँ, पोखरा र चितवनका रमणय स्थानहरु र हाइवेमा छायांकन गरिएको चलचित्र जिन्दगी रक्समा सुगम पोखरेल,कमल खत्री, बाणी ब्याण्डका पुष्पन प्रधान र सन्जीत श्रेष्ठले चलचित्रमा सगींत भरेका छन् ।

चलचित्रमा उमेश मर्हजनको द्वन्द्व, हरि हुमागाईको छायांकन रहेको छ । चलचित्रको सहनिर्देशन बिनोद मैनालीले गरेका छन् ।

त्यस्तै, यसै साता सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘माई प्रमिश’ पनि रिलिज भएको छ । यस चलचित्रमा वैदेशिक रोजगारीमा गएका युवाको दर्दनाक कथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu