एक बर्षपछि तयार भयो द फेमस



famous2

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
करिब एक बर्ष अगाडी भद्रकालि मन्दिरमा भएको औपचारिक कार्यक्रम बाट छायाँकन शुरु भएको चलचित्र द फेमसले आफ्नो सम्पुर्ण छायांकन सकाएको छ । २०१५ को नयाँ बर्षको अबसरमा नेपाली टोपि लगाऔं, अंग्रेजी नयाँ बर्ष मनाऔं भन्दै चलचित्र द फेमस युनिटले चलचित्रको एक रोमान्टिक गीत पनि सार्वजनिक गरेको छ ।

शंकर अधिकारी घायलको शब्द रहेको मन पर्‍यो मन पर्‍यो बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सन्तोष प्रगाढले संगीत, दिपक लिम्बु र चन्दा केसीले स्वर दिएका छन् । निर्देशक समिर बलामीका अनुसार चलचित्रमा समाबेश ४ वटा गीतहरु नै उत्कृष्ट रहेको बताए । चलचित्र बनाउन पुग्ने बजेट चार वटा गीतमा मात्र खर्च गरेको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र द फेमसका गीतहरु नेपाली चलचित्र उद्योगमै केही नयाँ पन र यो किसीमले पहिलो पटक तयार भएको निर्माण पक्षको दावि छ ।

famous3

एउटा साधारण विद्यार्थीले नेपालको कला, संस्कृतिको जगेर्ना गर्दै समाजमा रहेका विद्यमानहरुलाई प्रस्तुत गर्दै विश्व सामु राष्ट्रलाई चिनाउन सक्छ भने मूख्य विषय रहेको यस चलचित्रमा फेमली ड्रामा, लभ केमेस्ट्रि, एक्शन, कमेडी सबै मसला रहेको निर्देशक बलामीले बताए । आफ्नो यो चलचित्र ड्रिम प्रोजेक्ट रहेको र धेरै बजेट र समय लगाएर राम्रो चलचि बनाएको समेत उनले बताए । चलचित्रमा प्रमोढ खड्का, सुमन थापा, सविना कार्की, सुरवि जेन विष्ट, सोनिया जि आर, रश्मि भट्ट, प्रनप सुवेदी, प्रभात बलामी, सुर्य दाहाल र सुरेश चौधरी लगायतको केन्द्रिय भुमिका रहेको छ ।

चलचित्रमा आरसिको द्वन्द्व, सुधिर श्रेष्ठ (सरकार)को नृत्य, सुरेश चौधरीको सम्पादन तथा मधुकर बलामीको एनिमेशन रहेको छ भने कथा र लेखन निर्देशक बलामीकै रहेको छ । बलामी फिल्म ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र द फेमस यहि आउँदो बैशाख सम्म रिलिज हुने निर्माण पक्षले जानकारी दिए ।

famous1

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu