यसरी होटल साहु बने दयाहाङ् राई



Dayahang1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
माघ २ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र इच्छाले यति बेला आफ्नो प्रचार प्रसारलाई विभिन्न तौरतरिकाबाट अगाडी बढाउदैं गएको छ । चलचित्र यूनिटले आफ्नो प्रचार प्रसारलाई अगाडी बढाउने क्रममा चलचित्रका कलाकार दयाहाङ राईले चलचित्र इच्छाका बारेमा यसरी खुलेर बोलेका छन् ।

सुवाससँग चलचित्रमा काम गर्ने मौका पाएँ
सिनियर फिल्म मेकर मुनाल घिमिरेले पहिलोपटक चलचित्र निर्देशन गर्ने सोच सहित मसँग आउनुभयो । मुनालजीले मसँग काम गर्ने योजना बनाएर आउनुभएको थियो । नाटकमा सँगै अभिनय गरेपनि मैले सुवास थापासँग चलचित्रमा काम गर्ने अवसर पाएको थिइन । सुवाससँग काम गर्दा रमाईलो भयो । इच्छामा काम गर्दा एक सशक्त टीम बन्छ भनेर काम गरेको हो ।

चलचित्रमा होटल साहुजी
चलचित्रमा होटल सञ्चालकको भूमिकामा छु । भूमिका जे-जस्तो भएपनि पात्र चाहिँ रेगुलर नै हो । कुनै एकदमै अफ्ठ्यारो र नयाँ भन्दा पनि सँधै देखिने पात्रको रुपमै छु । मलाई पनि मेरा साथीले आफ्नो इच्छा पुरा गर्न सहयोग मागिरहेका हुन्छन् मैले पनि साथीहरुसँग त्यस्तै अपेक्षा गरेको हुन्छु । चलचित्र भित्र माया प्रेम पनि छ ।

निर्देशकसँग पहिलोपटक काम
मुनाल घिमिरेसँग काम गर्दा निकै रमाईलो भयो । अघिल्ला चलचित्र बनाउँदका कुराहरु गर्नुहुन्थ्यो । पारिवारिक वातावरणमा नै चलचित्र सकियो ।

चलचित्र
रेगुलर चलचित्र हो । सामाजिक प्रेमकथामा बनेको छ ।

Dayahang2
पिएलएम फिल्मसको ब्यानरमा निर्माण गरिएको यस चलचित्र इच्छाले फरक पुस्ताको फरक सोचाईलाई समेटेको छ । चलचित्र इच्छामा दयाहाङ् सहित सुवास थापा, शिखा शाही, दयाहाङ राई, ओम प्रतिक, देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गम्भिर विष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, प्रकाश घिमिरेको लेखन रहेको चलचित्रमा राम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । चलचित्रलाई मुनाल घिमिरेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu