ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एकपछि अर्को गर्दै चलचित्रहरुले लगातार एकाएक प्रदर्शन मिति आरम्भ गरिरहेको बेलामा अब माघ २३ गते अर्को नयाँ चलचित्र प्रदर्शनमा आउने भएको छ । १२ बर्षसम्म सह-निर्देशकको रुपमा काम गरिसकेका कैलाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्र रथ अब माघ २३ गतेबाट अलनेपाल रिलिज हुने भएको छ । आइतवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको प्रदर्शन मिति र टिजर सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक कैलाश अधिकारीले चलचित्र रथले दर्शकलाई मनोरञ्जन सँगै सन्देश पनि दिने बताए । आफुले सह निर्देशक भएर धेरै चलचित्रमा काम गरेका कारण पनि चलचित्र रथ उत्कृष्ट चलचित्र बनेको पनि निर्देशक अधिकारीले बताएका छन् । त्यस्तै चलचित्रका कलाकार विशाल पोख्रेलले चलचित्र रथ सबैको रोजाईको चलचित्र बन्ने दाबी गरे । चलचित्र अहिलेको पुस्तालाई लक्षित गरेर निर्माण गरेका कारण रथले सबैको इच्छा पुरा गर्ने बताए ।
चलचित्र रथलाई चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय र चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले पनि शुभकामना दिएका छन् । चलचित्रमा विशाल पोख्रेल, आरजु अधिकारी, विनय भट्ट, शर्मिला राई लगायतका कलाकारको अभिनय छ । चलचित्रमा श्याम लावत, राजु सिपाल, दीपेन्द्र धिताल, अजित राईको लगानी छ । गोपाल श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा यादव योगी र विपिन आचार्यको संगीत, सुरेश चौधरीको कथा छ ।