दुईतिर प्रेम गर्दा निताको यस्तो हालत (भिडियो)



neeta

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत १३ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र भूल भुलैयाको ४० सेकेण्ड छोटो गीत रिलिज भएको छ । ‘माया गर्छौ थाहा छ मलाई’ बोलको गीतमा नायिका निता ढुंगाना, जीवन लुईँटेल र शोहित मानन्धर देखिएका छन् ।

गीतले प्रेमका पिडाहरुलाई प्रस्तुत गरेको छ । गीतमा स्वप्निल बरालका शब्द, बसन्त सापकोटाको संगीत तथा रजिना रिमालको स्वर रहेको छ । चलचित्रमा दिनेश कुमार पोखरेलको प्रस्तुती, सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहाल निर्माता रहेका छन् । चलचित्रमा निरज ढकाल कार्यकारी निर्माता रहेको छन् भने शिवम् अधिकारीले चलचित्रलाई लेखेका छन् ।

रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्र ‘भूल भुलैया’मा बसन्त सापकोटाको संगीत रहेको छ । योगेश घिमिरे निर्माता निर्देशक रहेको चलचित्र भूल भुलैयामा निता ढुंगाना, जीवन लुईँटेल र शोहित मानन्धर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu