ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नयाँ बर्ष २०७२ लक्षित गर्दै चैत २७ गते महंगो बजेटमा निर्माण भएका चार चलचित्रहरु एकसाथ प्रदर्शनमा आउन लागेपछि नेपाली चलचित्र नगरी तातेको छ । चलचित्रहरु ‘नाईँ नभन्नू ल ३’, ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’ले यसअघि उक्त मिति तय गरेका थिए भने सोहि मितिमा दिनेश डिसी निर्देशित ‘फूलै फूलको मौसम तिमीलाई’ पनि रिलिज हुने भएको छ ।
उल्लेखित सबै चलचित्रका निर्माताहरु सो मितिबाट पर नहट्ने भन्दै एकोहोरो ढिप्पी लगाईरहेको छन् । नयाँ बर्ष चलचित्र व्यापारको लागी उत्तम मिति हो त्यसकारण पनि केहि चलचित्रले बर्षदिन अगाडी देखी नै नयाँ बर्ष लक्षित गरी प्रचारमा आउने गरेका छन् । यो नयाँ बर्षको मितिमा रिलिज लक्ष्य लिएका सबै चलचित्रहरु आशा गरिएका चलचित्रहरु हुन् ।
‘फूलै फूलको मौसम तिमीलाई’मा नीता ढुंगाना र आमेश भण्डारी मुख्य भुमिकामा छन् । चलचित्र दिनेश डिसी प्रोडक्शनले बनाएको हो ।