अकेषालाई देखेपछि एलनको मनमा हुरी चल्यो ? (भिडियो)



Akesha-Bista

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अकेषा बिष्टले अभिनय गरेको चलचित्र जिन्दगी रक्स हाल देशभर प्रदर्शन भईरहेको अvस्थामा उनले अभिनय गरेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यो आँखाले ताकेको’ बोलको गीतको भिडियोले अत्याधिक चर्चा कमाएपछि गायक मोहन राइको आवाजमा समावेश ‘मेरो मनमा के-के हुरी चल्दैछ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतको म्युजिक भिडियोले पनि दर्शकको मन जित्ने गायक राईले दाबी गरेका छन् । भिडियोमा अकेषा बिष्ट र एलन गुरुङले अभिनय गरेका छन् । उर्गेन लामाको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई सुरज सिंह ठकुरीले निर्देशन गरेका हुन् । सार्वजनिक भिडियोमा शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्रचार्यले सम्पादन गरेका छन् । मोहनको ‘साम्यो’ एल्बममा समावेश गीतहरु मध्ये २ वटा को भिडियो बजारमा आइसकेका छन् भने अरु केहि महिनामा नै बजारमा आउने बताइएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu