ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नपाली चलचित्र किल्लाको फस्टलुक स्वरुप चलचित्रको पोष्टर र ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक्सन भूमिकामा सुवास मेचे देखा परेका छन् । मेचे फिल्मसको व्यानरमा रक्षा मेचेको प्रस्तुति रहेको चलचित्र किल्ला लाइ द्वन्द्व निर्देशक हिमाल केसिले निर्देशन गरेका छन् ।
चलचित्र किल्ला फागुन २९ देखि प्रर्दशन हुदैछ । प्रदिप भारद्वाजको लेखन रहेको यस चलचित्रमा सुवास मेचे, सुरभि जैन, पुकार भट्टराइ, विल्सन बिक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गीतमा विकास चौधरीको संगीत सुन्न सकिने छ भने नृत्य निर्देशन कबिराज गहतराजले गरेका छन् ।
ट्रेलर हेर्नुहोस्: