ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चर्चित हाँस्यजोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले रौतहटका शीतलहरबाट पीडित दलित, विपन्न अवस्थामा रहेका १०० घरपरिवारलाई न्यानो कपडा वितरण गरेका छन् । विभिन्न सञ्चारमाध्यममा रौतहटका सर्वसाधारण प्रभावित भएको भन्ने खबर सुनेपछि थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको हरिवंश आचार्यले बताएका छन् ।
मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले चन्द्रपुर नगरपालिका–१२, १३ तथा १४ का विभिन्न बस्तीमा पुगेर शीतलहर पीडितलाई न्यानो कपडा वितरण गरेका हुन् । हेल्प नेपाल नेटवर्क तथा चन्द्रपुर नगरपालिकास्थित शुभलाल भागवत उच्च माविका पूर्वविद्यार्थीको सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
चर्चित हाँस्य जोडी अर्थात महजोडी केही दिनदेखि एक नाटकको सुटिङका लागी रौतहट रहदै आएका थिए ।