आभाषलाई नेपालमा ६५ हल | नेपाल बाहिर चालिस देशमा लाग्ने



aavassss

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पवन श्रेष्ठ, गोविन्द शाही र दिपक शाहीको लगानीमा पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र आभाषले नेपालमा करिब ६५ वटा हल पाएको छ । आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र आभाषले नेपालमा ६५ वटा हलमा प्रदर्शन हुने मौका पाएको जानकारी दिँदै निर्माता गोविन्द शाहीले चलचित्रलाई अन्तरराष्ट्रिय कलाकार मञ्चले विभिन्न ४० वटा भन्दा बढी देशमा देखाउने अन्तिम तयारी भएको पनि बताए ।

यति बेला विदेशका विभिन्न ठाँउहरबाट समेत आभाषको माग भईरहेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले चलचित्र आभाष राम्रो बनेका कारण दर्शकले आभाषलाई आफैं कथा सम्झने पनि बताए ।

चलचित्रका कलाकार संयम पुरी र निशा अधिकारी अनुपस्थिति रहेको कार्यक्रममा आष्मा डिसी र सलोन बस्नेत भने उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै चलचित्रकी नायिका आष्मा डिसीले चलचित्र आभाषले प्रत्यक दृश्यमा दर्शकको मन बहकाउने दाबी गरेकी छिन् । आभाष युवा पुस्तालाई लषित गरेर निर्माण भएता पनि चलचित्रले सबै बर्गका दर्शकको मन जित्न सफल हुने पनि बताइन् । साथैं उनले चलचित्र आभाषमा संयमलाई १० र सलोनलाई ९.५ प्रतिशत अभिनय क्षमताको मापन समेत गरेकी छिन् । उनले आफु भन्दा पनि मनछुने अभिनय गरेका कारण संयम र सलोनको भुमिकाले सबैको मन जित्ने बताइन ।

त्यस्तै कलाकार सलोन बस्नेतले चलचित्र आभाष अहिलेको युवापुस्ताले हेर्न आवश्यक चलचित्र रहेका कारण दर्शकले चलचित्रलाई मनपराउने बताए । ‘आभाष’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । आभाषमा संयम पुरी, आष्मा डिसी, सलोन बस्नेत, निशा अधिकारी प्रकृति श्रेष्ठ, सुनिल रावल, गोविन्द शाही लगायतका कलाकारहरुले अभिनय गरेका छन् । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्वन्द्व, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu