‘वेश्या भन्छन् सहरमा नाम चलेकै छ’, गजल र गीत एकैसाथ



Khem-rijal's-album-launchअनिल यादव, काठमाण्डौ। वेश्या भन्छन् सहरमा नाम चलेकै छ, जसरी नि बाँच्नु न हो काम चलेकै छ ’  गीतकार तथा सर्जक खेम रिजालले यस्तै यस्तै मिठा र समसमायिक विषयका शेरहरु समावेश भएको गजलहरुको संग्रह ‘किनाराको छाल’ र एल्वम ‘पहिलो भेट’ को सोमबार साँझ एकैपटक विमोचन गरेका छन् ।

राजधानीको नयाँ बानेश्वरमा एक विशेष कार्यक्रमको आयोजना गरी उनले वरिष्ठ संगितकार किरण खरेल, आफ्नै बुबा यदु रिजाल र आमा इन्दिरा रिजाल, संगीतकार तथा गायक सत्य-स्वरुपराज आचार्य लगायतको हातवाट संग्रह र एल्वमको एकैपटक विमोचन गराएका हुन् । हाल अमेरिकाको सियाटलमा बस्दै आएका प्रवासी सर्जक रिजाल साहित्य, संगित र समाजसेवाका क्षेत्रमा लामो समयदेखि क्रियाशिल छन् ।

रिजालको गजल संग्रह किनाराका छालमा ७० वटा गजलहरु समावेश भएका छन् । कार्यक्रममा उक्त गजल संग्रहको अन्तराष्ट्रिय मञ्च गजल संघका उपाध्यक्ष प्रभाती किरणले समिक्षा गरेका थिए ।

यसैगरी कार्यक्रममै विमोचन भएको गितकार रिजालको ‘पहिलो भेट’ एल्वममा ८ वटा गित समावेश छन् जसलाई नेपालका चर्चित गायक र गायिकाहरुले स्वर दिएका छन् । उनका गीतका बोलहरु जे जे हुनु, पहिलो भेट मै , गुराँस फुल्यो , वारि र पारि लगायत छन् । चर्चित गायकगायिकाहरु स्वरुपराज आचार्य, सत्यराज आचार्य, उदय–मनिला सोताङ, रजिना रिमाल र शिव परियारले उक्त एल्वममा स्वर दिएका हुन् । एल्वममा स्वरुप र सत्यकै संगीत छन् ।

त्यसैगरी एल्वमका दुई गीतको म्युजिक भिडियो पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । तिमध्ये गुराँस फुल्यो पाखैमा झम्के फुली नाकैमा, माया बस्यो ए कान्छी लहै गाजलु ती आँखैमा बोलको म्युजिक भिडियो उपस्थित अतिथिहरुले अत्याधिक मनपराएका थिए । उक्त म्युजिक भिडियोमा पहिलो पटक नेपाली सांगीतिक क्षेत्रका हस्ती भनेर चिनिने दाजुभाई स्वरुप र सत्यराज आचार्यले मोडलको भुमिकामा संगै अभिनय गरेका छन् ।

लयात्मक ढंगले लेख्न सक्ने सर्जकका रुपमा चिनिएका गितकार रिजालको एल्वम ‘पहिलो भेट’ र गजल संग्रह ‘किनाराको छाल’ ले कत्तिको दर्शक, श्रोता र पाठकको मनमा बस्ने हो ? त्यो त समयले बताउँछ नै तर कार्यक्रममा उपस्थित अधिकाशं अग्रज संगितकर्मीहरुको एउटै विश्लेषण थियो– ‘ सम्भावना बोकेका सर्जकको यो प्रयासले बजारमा ठुलै हंगामा मच्चाउँछ’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu