सस्पेन्स थ्रिलर ‘झिग्राना’ फागुन २२ मा



Jhigrana

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपालको दुर्गम भेग झिग्रानासम्मको एक गैर सरकारी संस्थाका कर्मचारीको यात्रा र यात्रामा घट्ने विभिन्न रहस्यमय घटनालाई मुख्य विषय बनाएर निर्माण भएको चलचित्र ‘झिग्राना’ फागुन २२ गते देशभर प्रदर्शनमा आउने भएको छ । बिहिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र यूनिटले प्रदर्शन मिति, ट्रेलर र पोष्टर सार्वजनिक गरिएको हो ।

हना गेस्चिव्स्की, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, शान्ती गिरी, दिवाकर पिया, बिना पाण्डे, अरुण रेग्मीको मुख्य भुमिका रहेको चलचित्र ‘झिग्राना’ लाई पासाङ लामाले निर्देशन गरेका हुन् । चलचित्रले आफ्नो प्रचार प्रसारको क्रममा विश्वव्यापी गायन प्रतियोगीताकै आव्ह्वान गरेको छ । यो प्रतियोगीतमा उत्कृष्ट हुनेले एक लाख नगद रुपैयाँ पाउने छन् ।

jhigrana-1

गोल्डेन याक इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पार्श्र्वगायन रहेको छ । राहुल बाडवेल्करको ध्वनी रहेको फिल्म ‘झिग्राना’ मा प्रकाश चाँदवकरको कला निर्देशन छ । सस्पेन्स तथा थ्रिलर कथा बोकेको चलचित्र ‘झिग्राना’ले एउटा कुख्यात हत्याराले कालपञ्चमीको नाममा मानिसको बलि दिन्छ । यही समुहले ‘झिग्राना’ गाउँमा भोगेको विभिन्न रहस्यमय घटनालाई चलचित्रमा उठान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu