मार हान्ने सुरमा गायक बादल प्रसाईँ



badal-sana

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘झिल्के’ बनेर ‘फुलको हत्या’ गरिसकेका गायक बादल प्रसाईँ अब भने मार हान्ने दाउमा छन् । बादलले भर्खरै ‘मार हान्नेले’ बोलको गीत रेकर्ड गराएका छन् । उनलाई गायिका सना महर्जनले स्वरमा साथ दिएकी छिन् ।

यस गीतबाट यसअघिका ‘झिल्के बादल’ र ‘फुलको हत्या’ जसरी नै पुन: संगीतप्रेमीको मनमा बस्ने सुरमा बादल रहेका छन् । काठमाण्डौको पुतलीसडक स्थित ओपस नाईन स्टुडियोमा रेकर्ड गरिएको यस् गीतको शब्द तथा संगीत महेश ज्ञवालीको रहेको छ भने गीतको एरेन्ज दिनेश श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu