ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत्र ६ गते रिलिज हुने नेपाली चलचित्र ‘धुन’को नयाँ गीत रिलिज भएको छ । गीतमा चलचित्रका मूख्य कलाकार मुकेश ढकाल मुख्य फिचरिङमा रहँदा उनलाई जीवन लुईंटेल, नीता ढुङ्गाना, श्रेया दुलाल, उमावेवी लगायतले साथ दिएका छन् । पहिलो पटक सार्वजनिक गीतमा मुकेश देखिएका थिएनन् ।
चलचित्र ‘धुन’ को सार्वजनिक ‘मेरो प्यार’ बोलको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने संगीत लक्की सिटौलाले भरेका छन् । गीतको शब्द पनि संगितकार सिटौलाको नै हो ।
मालती शाह प्रस्तुतकर्ता रहेको यो चलचित्रमा सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन भट्टराईको लगानी छ ।
गीत हेर्नुहोस्: