पैसाले बदलेको चिया पसलकी साहुनीको प्रेम (भिडियो)



aadhi-aayo

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कति माया चोखो हुन्छन्, कति आकर्षणले त कति स्वार्थमा लिप्त । शहरमा यस्ता सबै खाले माया-प्रेम भेटिन्छन्, जसमध्ये एकाध मायाका घटना धेरैका उदाहरण बनिदिन्छन् । त्यस्ता घटनालाई कथा बनाई दृश्यमा उतार्नु निर्देशकको खुबी हो । पोखरेली म्यूजिक भिडियो निर्देशक अपिल त्रिपाठीले पनि चिया पिउन सडकछेउको ठेलापसलमा पुग्दा त्यस्तै एउटा गलितो घटना देखे । त्यसलाई गीतसँग कसेर एउटै डोरी बनाए ।

‘आँधी आयो, चल्यो हुरी’ बोलको गीतमा उनले शहरको एक स्वार्थी प्रेम र निरिह प्रेमको समिश्रण गरी कथा बुने । पोखराको सडकछेउमा ठेलामा चिया बेच्ने युवतीसँग पत्रिका बेच्दै हिँड्ने युवकको प्रेमसम्बन्ध पहिले देखी नै छ । कराउँदै पत्रिका बेचेर थकित हुँदै पसल छेउ आएपछि उसको सबै थकाई प्रेमीकाको मन्द मुस्कानले मेटिदिन्छ सँगै चियाको चुस्कीले प्रेमको थप बिजारोपण गरिरहन्छ ।

एकदिन एक धनी युवक पानी किन्न आउँछ । २० रुपैयाँ दिनुपर्नेमा खुद्रा नहुनाले ५०० रुपैयाँ दिएर जान्छ । युवतीमा ५०० को प्रेम पलाउँछ । विस्तारै पैसामा गरिब तर मायाको धनी प्रेमी छोडेर पैसामा धनी युवकतिर नजिकिँदै आफ्नो सडकको जिन्दगीलाई लेकसाईडका महंगा कपडा बिक्रि हुने पसलसम्म पुग्ने हैसियत बनाउँछे ।

माया र कर्ममा बिश्वास राखेको प्रेमी पागल झैँ भौतारिन बाध्य छ । जसले आफ्नै प्रेमीका खोस्यो उसैको पिटाई खानुपर्दाको पिडाले युवक रक्सीमा लिन हुँदै दिन काट्न बाध्य हुन थाल्यो । यो कथा हो माथी उल्लेखित गीतको भिडियोको ।

गीतलाई कुमार गुरुङ् र लक्षु प्रकाश मल्लले रचना गरेका हुन् भने लक्षुको संगीत र कुमारको स्वर रहेको छ । अपिल त्रिपाठीले निर्देशन गरेको भिडियोलाई सरोज अधिकारीले खिचेका हुन् भने सुवास अमागाईँले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu