प्रियंकाको रिसले कपिलले फाले माइक



kapil-priyankaबलिउडका चर्चित कमेडियन कपिल शर्मा र बलिउड अभिनेत्री प्रियंका चोपडा बीच झगडा भएको खबर बाहिर आएको छ । भारतको एक पत्रिकाले लेखेको खबर अनुसार एक अवार्ड कार्यक्रममा कमेडियन कपिल शर्मालाई प्रियंका चोपडा प्रति यति रिस उठ्यो कि उनले उक्त शोको माइक र ईयरफोन ने फ्याँकिदिएका छन् ।

कपिल र प्रियंका एक अवार्ड कार्यक्रम होस्ट गर्ने कार्यक्रम थियो । त्यहि क्रममा प्रियंका मेकअप रूममा गइन् र उनले मेकअप गर्न समेत ३ घण्टा लगाएकी थिइन् । पछि उनी मेकअप गरेर स्टेजमा आइन् र प्रियंकाले भनिन् ‘म अझै पनि तयार भएको छैन’ । उक्त कुरालाई लिएर कपिल निकै रिसाएका थिए र त्यहि बेला कपिलले माइक फ्याकेका थिए ।

पत्रिकाका अनुसार त्यसबेला कपिलले भनेका थिए, ‘महिलाहरुको सबै भन्दा ठुलो समस्या नै यहि हुन्छ, लौ हेनुर्स् मेडम अहिले सम्म पनि तयार हुनुभएको छैन्’ कपिलले कमेडियन तरिकाले उक्त कुरा भनेपछि अवार्ड कार्यक्रममा आएका सबै दर्शकहरु हाँसे । यस भन्दा अघि बलिउड अभिनेत्री कंगना रनोट प्रति पनि कपिल आक्रोशित भएका थिए । कमेडी नाइट्स विद कपिलको सेटमा कंगनाले यसरी नै मेकअपमा निकै लामो समय लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu