‘अझै पनि’को चौँथो गीत रिलिज, सुदर्शन र पुजाको प्रेम झल्कियो



K-garda

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन १५ गते देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’को चौँथो गीत रिलिज गरिएको छ । सार्वजनिक ‘के गर्दा मिल्छ मिठो पिरती’ बोलको गीतमा सुदर्शन थापा र पुजा शर्माको प्रेम झल्किएको छ ।

गीतले प्रेममा रमाएको जोडीलाई चित्रित गरेको छ । प्रस्तुत गीतमा डा.कृष्णहरी बरालका शब्द तथा महेश खड्काको संगीत रहेको छ । गीतमा दिपक लिम्बु र शाहिमा श्रेष्ठले स्वर दिएका छन् ।

‘अझै पनि’लाई स्व. निर्देशक आलोक नेम्वाङ्ले निर्देशन गरेका हुन् । यो चलचित्र आलोकको अन्तिम चलचित्र हो । सामाजिक प्रेम कहानीमा आधारित यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । चलचित्रले नेपाली समाजका केहि भोगिएका तर नदेखिएका घटनालाई पर्दामा प्रस्तुत गर्ने बताईएको छ ।

‘अझै पनि’मा सुदर्शन र पुजासँगै सुरक्षा पन्त, प्रमिला खनाल, पुष्पा खड्का, विशाल ढुङ्गाना, बिपना धिमाल, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगायतका कलाकारहरुको अभिनय छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu