ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफ्नो अभिनयले लाखौं दर्शक माझ राज गरेका नायक भुवन केसी चलचित्रमा अभिनय गर्न मात्र होइन चलचित्रमा लगानी गरेर सफलता पनि प्राप्त गरेका व्यक्तिका रुपमा चिनिन्छन् । अब फेरी भुवनले आफ्नो छोरा अनमोल केसीलाई लिएर चलचित्र ‘ड्रिम्स’ निर्माण गर्ने भएका छन् ।
फागुनको १० गतेबाट छायांकन सुरु हुने बताइएको चलचित्र ‘ड्रिम्स’लाई भुवन केसीले निर्माण र निर्देशन गर्नेछन् । फिल्मको सुटिङ काठमाडौं सहित पोखरामा हुने बताईएको छ । होस्टेल र जेरी चलचित्रबाट दर्शक माझ स्टार अनमोलका नामले परिचित भुवनका छोरा अनमोलको मुख्य भुमिका चलचित्रमा हुने भएका कारणले पनि चलचित्र ‘ड्रिम्स’ विषेश चलचित्र रहने चलचित्र क्षेत्रका जानकारहरु बताउँछन् ।
तीन दशकको लामो चलचित्रको अनुभव पछि पहिलो पटक चलचित्र निर्देशन गर्न लागेको भुवनले चलचित्रको कुन नायिका रहनेछिन् भन्ने विषयमा चाहिँ खुलाएका छैनन् । काजोल फिल्मसका अनुसार चलचित्रका लागी अरु कलाकारहरुको पक्का भएपछि एक औपचारिक कार्यक्रमका विच नायिकाको घोषणा गरिने बताएको छ ।