प्रियंकाले चार मिनेट नाच्दा सवा करोड तिरियो



priyanka-chopra

बलिउडस्टारहरु जति फिल्म खेलेबापत आफ्नो पारिश्रमिक लिन्छन् उनीहरु त्यो भन्दा बढि एक नृत्य प्रस्तुत गरे बापत आफ्नो पारिश्रमिक लिने गरेका छन् । त्यहि भिडकी एक बलिउड नायिका हुन् प्रियंका चोपडा । उनले चार मिनेटमा सवा करोड भारु पारिश्रमिक लिएको खबरले यति बेला बलिउड तातेको छ ।

हालै एक अवार्ड कार्यक्रममा उनि झन्डै चार मिनेट नाचिन् । त्यसबापत उनले आयोजकबाट सवा करोड भारु असुलेकी थिइन् । मेरी कोम चलचित्र अभिनय गरेपछि प्रियंकाको बलिउडमा माग र चर्चा दुवै छ । उनलाई यति बेला बलिउड फिल्मका अफर अरु नायिकाको तुलनामा ७५ प्रतिशतले बढि आउने गरेको भारतीयसञ्चार माध्यमहरुले जनाएका छन् ।

शाहरुख, सलमानले भने स्टेजमा नाचेको चार करोड भारुसम्म असुल्ने गर्छन् । महिनौ फिल्म खेलेर पाउने रकमभन्दा केही मिनेट नाच्दा धेरै पैसा कमाइने भएकाले बलिउड कलाकारहरु पछिल्लो समय स्टेज शो तिर बढि आफ्नो ध्यान केन्द्रित गदैं लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu