सैफ अलि र सोनाक्षीको गरमा-गरम रोमाञ्सको अनुमान



ठुलोपर्दा डटकम, मुम्बई। वलिउड चलचित्र ‘बुलेट राजा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। सैफ अलि खान र सोनाक्षी सिन्हालाई पोष्टरमा उतारिएको छ। उत्तर प्रदेशमा रहेका अण्डरवर्ल्ड माफियाको कथामा सो चलचित्र बनेको बताईन्छ।
bullet-2
बुलेट राजाका दुईवटा पोस्टर र केहि तस्विर सार्वजनिक भएका हुन्। छिट्टै प्रोमो समेत रिलिज हुन लागेको सो चलचित्रका पोस्टरमा ‘आएंगे तो गर्मी बडाएंगे’ उल्लेख गरिएको छ। जसबाट चलचित्रमा सैफ र सोनाक्षीको गरमा-गरम रोमाञ्स रहेको अनुमान लगाउन सकिन्छ।
bullet-1
त्यस्तै अर्को तस्विरमा ‘औरतो कि रेसपेक्ट करते है’ लेखिएको छ, जसबाट बुलेट राजाले महिलाको सम्मान गर्ने अनुमान लगाउन सकिन्छ। बुलेट राजा २९ नोवेम्भरमा विश्वव्यापी प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu