अल्लारे जोवन भएकी कान्छीका पछि-पछि सागर (भिडियो)



kanchhiko

सानै देखीको अभिनय रहरलाई मनमा पालेका सागर तामाङ्ले अभिनयमा छलाङ् मार्ने सुरमा छन् । प्रवासमा रहेर पनि उनले नेपाली कला क्षेत्रलाई अगाडी बढाईरहेका छन् । यसै क्रममा उनले अभिनय गरेको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ ।

अमेरिकाको टेक्सासमा रहेर चलचित्र सम्बन्धी अध्ययन गरिरहेका तामाङ्ले यसअघि ‘बुद्द वाज वर्न इन नेपाल’ सहितका केहि लघु चलचित्रमा अभिनय गरिसकेका छन् । उनको उद्देश्य नेपाली चलचित्र तथा संगीत क्षेत्रमा आफुले टेवा पुर्‍याउनु रहेको बताउँछन् ।

झापामा जन्मे-हुर्केका सागरले अभिनय गरेको भिडियोमा उनलाई लक्ष्मी बस्नेतले साथ दिएकी छिन् । रमेश क्षेत्रीको स्वर तथा संगीत रहेको यस गीतलाई बिशाल गुरुङ् र क्षिरिङ् तामाङ्ले लेखेका हुन् । भिडियोको निर्देशन तथा सम्पादन मुक्ती उप्रेतीले गरेका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu