ठुलोपर्दा डटकम, काठमाण्डौ ।
हङकङमा भएको सातौं नेफ्टा फिल्मी अवार्डमा नायिका झरना थापाकी १८ बर्षिय छोरी सुवानी थापाले निर्माण घोषणा गरेको चलचित्र ‘ए मेरो हजुर २’ मा नायक अनमोल केसी मुख्य भुमिकामा रहने भएका छन् ।
होस्टेल र जेरी जस्तो सफल चलचित्रमा अभिनय गरेपछि अनमोलको व्यस्तता निकै बढ्दै गइरहेको अवस्थामा झरना थापाले पनि चलचित्र ‘ए मेरो हजुर २’ मा अनमोललाई नै लिएकी छिन् । झरनाका अनुसार चलचित्र ‘ए मेरो हजुर २’ मा अनमोलसगैं स्वतन्त्रप्रताप शाह र झरना आफैंको पनि अभिनय रहने छ । चलचित्रलाई नायिका झरना थापाले नै निर्देशन गर्नेछिन् ।
यूवापुस्ताको कथालाई चलचित्र ए मेरो हजुर २ ले देखाउने झरनाले बताइन । बसन्त सापकोटाले संगीत रहने उक्त चलचित्रको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुन सक्ने बताइएको छ ।