बलिउड अभिनेता अक्षय कुमारद्वारा अभिनित चलचित्र बेबी मुस्लीम विरोधि भएको भन्दै पाकिस्तानमा प्रदर्शनमा रोक लगाइएको छ । सेन्सर बोर्ड अफ स्लामावाद र कराँचीले फिल्ममा मुस्लीम विरोधी विषयबस्तु रहेको भन्दै प्रदर्शनमा रोक लगाएको हो ।
बोर्डले प्रदर्शनका लागि अनुमति दिन ईन्कार गरेको छ । बोर्डले फिल्ममा मुस्लीमहरुको नकारात्मक छवि प्रदर्शन गरेको छ भने फिल्मको नकरात्मक भुमिकामा पनि मुस्लीम नै रहेको छ । पाकिस्तान, इस्लामावाद लगाएत विभिन्न शहरमा फिल्मको सिडि र डिभिडी समेत बिक्रिवितरणमा रोक लगाइएको छ । यद्यपी फिल्मका डाईरेक्टर निरज पाण्डेले भने फिल्ममा मुस्लीम समुदायको विरुद्ध त्यस्तो कुनै खालको विषयबस्तु नरहेको बताउछन् ।
फिल्म आतंकवादविरुद्धको विषयबस्तुमा निर्माण गरिएको छ । फिल्ममा अक्षय कुमारसहित मेनन, डेनी, अनुपम र तापसीको मुख्य भुमिका रहेको छ ।