करिश्माको ‘फागु’मा शिल्पा



fagu

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘कस्तुरी’, ‘ढुकढुकी’ र ‘बाबुसाहेब’ निर्माण गरेर घाटा मात्र खेप्न बाध्य नायिका करिश्मा मानन्धरले अब अर्को नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन् । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि करिश्मा मानन्धरले निर्माण गर्न लागेको चलचित्र ‘फागु’को औपचारिक निर्माण घोषणा गरिएको छ ।

चलचित्र ‘फागु’मा शिल्पा पोखरेल, नवनायक सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल, टीका पहारी, बसन्त भट्ट लगायतको अभिनय रहनेछ । सम्झना उप्रेती रौनियारले निर्देशन गर्ने चलचित्र ‘फागु’लाई नायिका करिश्मा मानन्धरले निर्माण गर्नेछिन् । फागुन १ गतेबाट छायाँकन सुरु हुने ‘फागु’ को विरगञ्ज र काठमाडौंबाट छायाँकन सुरु हुन्छ भने चलचित्रमा बसन्त सापकोटाको संगीत, रामशरण उप्रेतीको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ । चलचित्रमा गोविन्द राईको नृत्य निर्देशन र वनिश शाहको सम्पादन रहने छ ।

राजधानीमा कानुनविद सपना प्रधान मल्लले नरिवल फोरेर चलचित्रको औपचारिक शुभमुहुर्त गरिएकी थिइन् । कार्यक्रममा बोल्दै नायिका करिश्मा मानन्धरले चलचित्र फागु दर्शकको चलचित्र बन्ने दाबी गरिन् । लज्जाबाट चलचित्रक्षेत्रमा डेब्यू गरेकी नायिका शिल्पा चलचित्रको मुख्य भमिकामा रहनेछिन् । उनले चलचित्रमा एक मधेशी महिलाको भूमिकामा देखिने बताइएको छ । उनी कार्यक्रम स्थलमा समेत मधेशी महिलाले लगाउने पहेलो सारी र चोलीमा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu