नेपालमा रिलिज नहुँदै अष्ट्रेलियामा इच्छा



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन ८ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘इच्छा’ नेपालमा प्रदर्शन नहुँदै अष्ट्रेलियामा बिक्री भएको छ । अष्ट्रेलियामा नौ लाखमा सहमती भएको निर्देशक मुनाल घिमिरेले बताए । फिल्मको तर्फबाट निर्देशक घिमिरे र अष्ट्रेलियाको लब्लि इन्टरटेन्मेन्टको तर्फबाट शेषमणी शर्माले संयूक्त रुपमा सहमती पत्रका हस्ताक्षर गरेका छन् ।

चलचित्र इच्छा २०१५ को मे महिनामा प्रदर्शन गरिने बताईएको छ । अष्ट्रेलियामा चलचित्रको प्रदर्शनका लागी नेपालबाट निर्देशक घिमिरे जाने भएका छन् । अष्ट्रेलियासँगै जापान, अमेरिका लगायतका देशमा प्रदर्शन गर्ने कुरा अन्तिम चरणमा पुगेको बताईएको छ । घिमिरेले भने ‘हामीले अरु देशका लागी पनि कुरा चलाएका छौं हामी प्रोमो देखाएर कसैलाई झुक्याउँदैनौ हामी पुरा फिल्म नै देखाउँछौ ।’

700x250

फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको इच्छालाई यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान-श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्र नै घिमिरेको पहिलो निर्देशन हो ।

चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ ।

गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu