अमृता लुङ्गेली मगरको तिहार गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक



काठमाडौं । अमेरिकामा बस्दै आएकी लोकगायिका अमृता लुङ्गेली मगरको स्वरमा तिहार विशेष गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ । तिहारको सांस्कृतिक परम्परा, देउसीभैलो र दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई समेटेर तयार पारिएको गीत दीपावलीको पूर्वसन्ध्यामा गायिकाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा अमृतासँगै राजु परियार, घमेश दुलाल, सरोज बिरही कार्की, सीता थापा र राधिका हमालको स्वर छ । गीतको शब्द, संगीत तथा एरेन्ज सरोज बिरही कार्कीको हो ।

खगेन्द्र गिरीको निर्देशनमा तयार भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन् । भिडियोको छायांकन केशव विश्वकर्मा र सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन् ।

करिब दुई दशकदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय लुङ्गेली मगरका ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाछ्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायत गीत सार्वजनिक छन् । सांगीतिक योगदानका लागि उनले विभिन्न पुरस्कार तथा सम्मान पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu