‘मिसेस नेपाल वर्ल्ड २०२६’ को फिनालेमा सहभागी हुन मिसेस वर्ल्ड स्यामी भोलि नेपाल आउँदै



काठमाडौं – मिसेस वर्ल्ड २०२५ की विजेता थाइल्यान्डकी चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आउने भएकी छन्। रिवन इन्टरटेनमेन्टको आयोजनामा शनिबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा हुन लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्। मिसेस वर्ल्डको ताज जितेपछि स्यामीको यो पहिलो नेपाल भ्रमण हो।

आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाका अनुसार, स्यामीले नेपाल आउन पाउँदा खुसी व्यक्त गर्दै सम्पूर्ण प्रतियोगीहरूलाई अग्रिम शुभकामना दिएकी छन्। सौन्दर्य प्रतियोगिताको ताजलाई व्यक्तिगत सफलतामा मात्र सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्ने मान्यता राख्ने स्यामीले ‘आमा खुसी हुँदा परिवार र समाज बलियो हुन्छ’ भन्ने सन्देशसहित आमाहरूको खुसीलाई केन्द्रमा राखेर सामाजिक अभियान सञ्चालन गर्दै आएकी छन्।

यस वर्षको ‘मिसेस नेपाल वर्ल्ड’ को अन्तिम स्पर्धामा २२ जना विवाहित महिलाहरू ताजका लागि प्रतिस्पर्धा गर्दैछन्। आयोजक संस्थाकी शिला बास्तोलाले स्यामीको नेपाल भ्रमण तथा उपस्थितिले प्रतियोगीहरूलाई अन्तर्राष्ट्रिय मञ्चको अनुभव बुझ्न र महिला सशक्तीकरणका विषयमा थप प्रेरणा प्राप्त गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu