दसैँ-तिहार लक्षित संगम धितालको नयाँ डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिक



काठमाडौं- ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ का प्रतिस्पर्धी युवा गायक संगम धितालको स्वरमा नयाँ लोकपप तथा डान्सिङ गीत ‘सलल खोलीमा’ सार्वजनिक भएको छ। दसैँ-तिहारको उत्सव र माहोललाई अझै रमाइलो बनाउने उद्देश्यसहित ल्याइएको यस गीतमा चर्चित गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ।

गम्भीर विष्टको निर्देशन रहेको यस गीतको भिडियोमा गायक संगम स्वयं र मोडल आयुषी ढकालको आकर्षक जोडीलाई प्रस्तुत गरिएको छ। सांस्कृतिक पहिरनमा सजिएकी आयुषीलाई पछ्याउँदै संगमले मन जित्न गरेको प्रयास, उनीहरू बीचको प्रेमिल अभिनय र आकर्षक नृत्यले भिडियोलाई उत्कृष्ट बनाएको छ।

भिडियोमा बबिता पोखरेलको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन तथा प्रवीण भट्टको सम्पादन र रङ संयोजन रहेको छ। गीतमा योगेन्द्र उपाध्याय, सुवासचन्द्र जोशी, इस्माइल दास र टिकराम श्रेष्ठ लगायतको समूह स्वरसमेत समावेश छ। रमाइलो लयमा तयार भएको यो गीत देउसीभैलो लगायतका सांगीतिक उत्सवहरूमा दर्शक-श्रोताको रोजाइमा पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu