‘आ बाट आमा २’की अभिनेत्री निकिता आचार्यले गरिन् हिन्दी गीतमा अभिनय



काठमाडौं – नेपाली अभिनेत्री तथा मोडल निकिता आचार्य भारतीय गायक तथा संगीतकार मधुर शर्माको नयाँ हिन्दी गीत ‘रुसवा’को म्युजिक भिडियोमा देखिएकी छन्। मधुर शर्मा, हितेन र इनायत कौर बाजीको संगीत रहेको गीतमा पंकज सैनी र शर्माको शब्द तथा मधुर शर्माको संगीत छ। गीत युनिभर्सल म्युजिक इन्डियाबाट सार्वजनिक गरिएको हो।

‘रुसवा’ले अधुरो रहे पनि घरजस्तै महसुस हुने प्रेमको कथा प्रस्तुत गरेको छ। प्रेम, सम्झना, विरह र पीडाबीच कसैलाई प्रेम गरिरहनुको भाव गीतमा समेटिएको छ। गीतको भिडियो नेपालको काठमाडौंमा छायांकन गरिएको हो। भिडियोमा काठमाडौंको बौद्धनाथसहित स्थानीय सम्पदा र नेपालको हरियालीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा निकिताको भावनात्मक अभिनय देख्न सकिन्छ।

निकिताले सन् २०२२ मा चलचित्र ‘बाबरी’बाट अभिनय यात्रा सुरु गरेकी हुन्। त्यसपछि उनले ‘खेल’ र ‘श्री बुकुरो’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन्। उनी अहिले चन्द्र पन्त निर्देशित नेपाली चलचित्र ‘आ बाट आमा २’मा पनि देखिँदैछिन्। चलचित्र असोज ३० गते प्रदर्शनमा आउने तयारीमा छ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu