‘पाँच पाण्डव’ असफल, निर्देशक निरौला भन्छन्– यो पूर्णविराम होइन, अल्पविराम मात्र हो



निर्देशक वसन्त निरौला

काठमाडौं । तिहारको मौका पारेर कात्तिक २० गते प्रदर्शनमा आएको चलचित्र ‘पाँच पाण्डव’ बक्स अफिसमा असफल भएको छ। ठूलो चर्चासहित हलमा आएको यो चलचित्रले अपेक्षाअनुसार दर्शक तान्न सकेन।

प्रदर्शनको दोस्रो साता पुग्दा देशभर यसका शो घटेर तीनवटामा सीमित भएको बताइएको छ। चलचित्रको असफलताको मुख्य कारण रिलिजअघि नै सुरु भएको विवाद रहेको अनुमान गरिएको छ। चलचित्रको एउटा गीतलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।

चलचित्र असफल भएपछि निर्देशक वसन्त निरौलाले शुक्रबार फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्। उनले यो असफलतालाई अन्त्य नभई अझ बलियो सुरुआतका रूपमा लिएको बताएका छन्।

निरौलाका अनुसार यो चलचित्र पूरै टोलीको महिनौंको मिहिनेत, संघर्ष र त्यागको परिणाम हो। आलोचना स्वाभाविक भएको र यसले सुधारको बाटो देखाउने उनले स्वीकारेका छन्। तर चलचित्र नै नहेरी र तथ्य नबुझी लगाइएका आरोपप्रति भने उनले असन्तुष्टि जनाएका छन्।

यो घटनाले आफू दुःखी भए पनि हिम्मत नटुटेको उनको भनाइ छ। उनले यो असफलतालाई पूर्णविराम नभई एउटा कठिन अल्पविराम मात्र भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu