
काठमाडौं – दसैँ पर्वलाई लक्षित गर्दै नयाँ गीत ‘आयो है दसैँ’ सार्वजनिक गरिएको छ। दसैँको उल्लास, पारिवारिक जमघट र नेपाली मौलिकताको भाव समेटिएको गीतमा योगेश काजी शाह, सारिका घिमिरे र अमन खड्काको स्वर रहेको छ।
कर्ण कार्कीको शब्द रहेको गीतमा योगेश काजी शाहकै संगीत छ। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन् भने रेकर्डिङ एएफनोम्यान एचडी स्टुडियोमा गरिएको हो।
गीतको भिडियोमा कर्ण, योगेश, अमन र प्रश्नाले अभिनय गरेका छन्। सुब्रत आचार्यको निर्देशन रहेको भिडियोमा अनिश श्याङ्देनको छायांकन छ।
दसैँको माहोल, रमाइलो र पारिवारिक भावनालाई केन्द्रमा राखेर तयार गरिएको ‘आयो है दसैँ’ ले नेपाली दर्शक–श्रोतामाझ दसैँको उत्साह थप्ने अपेक्षा गरिएको छ। गीतमा पर्वको उमंगसँगै नेपालीपन र आपसी आत्मीयताको भाव प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
गीतः



