राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित



महोत्तरी – बर्दिबासमा जारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौं महाधिवेशनबाट पशुपति शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष रहेका शर्माको मात्र मनोनयन दर्ता भएपछि उनी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।

अध्यक्षसँगै प्रतिष्ठानका अन्य मुख्य पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भएका छन्। जसमा वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, द्वितीय उपाध्यक्ष (सांगठनिक) मा राजु ढकाल, द्वितीय उपाध्यक्ष (प्रशासनिक) मा रमेशराज भट्टराई र महासचिवमा शिव हमाल निर्विरोध चयन भएका हुन्।

प्रतिष्ठानका अन्य पदहरूमा भने आज मतदान भइरहेको छ। खुला उपाध्यक्ष पदका लागि खेम सेञ्चुरी, देवी घर्ती, खुमन अधिकारी, पूर्णकला बिसी, श्रीकृष्ण बम मल्ल, दिपक गरौजा मगर, घनश्याम रिजाल, नबिन पौडेल, पुस्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्ल गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu