हिमालको ‘लाएको माया’ मा वैदेशिक रोजगारीको प्रभाव (भिडियो)



गायक हिमाल श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘लाएको माया…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवक्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीतको उक्त गीत आधुनिक शैलीको छ । ‘हे साईँली…’ उप-शीर्षक राखिएको उक्त गीतमा रप्रवीण श्रेष्ठको संगीत संयोजन छ ।

एक्सेल इन्टरटेन्मेन्ट यूकेद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । विदुर पाण्डेद्वारा छायांकन गरिएको भिडियोमा वैदेशिक रोजगारीले निम्त्याउने पारिवारिक विचलनलाई चित्रण गरिएको छ ।

सत्य घटनामा आधारित भनिएको म्युजिक भिडियोले वैदेशिक रोजगारी जाने श्रीमान् तथा श्रीमतीको पीडा तथा समस्यालाई चित्रण गरेको छ । म्युजिक भिडियोमा सहिन प्रजापति, अनुष्का अधिकारी तथा प्रतिक मुडवरीले अभिनय गरेका छन् ।

महादीप श्रेष्ठ तथा प्रतीक श्रेष्ठ निर्माता रहेको उक्त भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu