महेश बाबुसँग रोमान्स गर्दै कीर्ति



दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता महेश बाबुको नयाँ चलचित्र ‘सरकारी भारु पट्टा’ मा अभिनेत्री कियरा आडवानी नखेल्ने भएपछि उनको विकल्पमा अभिनेत्री कीर्ति सुरेशलाई रोजिएको भारतीय मिडियाले बताएका छन् ।

यस चलचित्रलाई परशुरामले निर्देशन गर्देछन् । उनले यसअघि ‘गीता गोविधानम’ चलचित्रको निर्देशन गरेका थिए । अभिनेत्री कीर्ति सुरेश यस चलचित्रका लागि फाइनल भएको बताइएको छ ।

महेश बाबुले अभिनय गर्ने यस चलचित्रको बजेट पनि उच्च रहेको बताइएको छ । यसअघि कियरा र पुजा हेग्डेलाई लिने कुरा भएको थियो । तर, ग्ल्यामरभन्दा पनि अभिनयमा पोख्त अभिनेत्री आवश्यक परेका कारण कृर्तिलाई रोजिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu