‘कति बस्छेउ माईतीको कौशीमा’ गीतको रिमेक भर्सनमा दीपाश्री र माग्ने बुढा (भिडिओ)




काठमाडौं। स्व. राम थापाको चर्चित गीत ‘कति बस्छेउ माईतीको कौशीमा’ बोलको गीतको रिमेक भर्सनको भिडिओ सार्वजनिक गरिएको छ । नयाँ भर्सनको गीतमा अन्जु पन्त र हिमाल श्रेष्ठको स्वर रहेको छ । गीतका रचनाकार तथा संगीतकार मुरारी प्रसाद लामिछाने हुन् । सार्वजनिक गीतमा केहि शब्द रचना थप गरिएको छ भने म्यूजिक रिक्रियशन गरिएको छ । थप शब्द र म्यूजिक रिक्रियशन भिम बिष्टले गरेका छन्

बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि यो गीतको भिडिओ सार्वजनिक गरिएको हो । भिडिओमा अभिनेत्री दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, अभिनेताद्वय केदार घिमिरे ‘माग्ने बुढा’ र बुद्दी तामांग ‘हैट’ लगायतको अभिनय रहेको छ । भिडिओलाई चलचित्र ‘छक्का पन्जा’ टीमले निर्देशन गरेको हो । हरि हुमागाईंको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ । कोरियोग्राफर विक्रम स्वाँर हुन् ।

म्यूजिक रिक्रियटर बिष्टले ‘छक्का पन्जा’ टीमसँग जोडिन पाउनु आफ्नो सपना रहेको र त्यो अहिले पुरा भएको बताए । बिष्ट विगत तीन बर्षयता नेपाली संगीत क्षेत्रमा सक्रिय छन् ।

Kedar Ghimire and DeepaShree Niraula

आफु रेडियो नेपालमा जाँदा देखिराखेको राम थापाको यो गीतलाई नयाँ बनाएर त्यसमा काम गर्न पाउनु भाग्यमानी रहेको अभिनेत्री निरौलाले बताईन् । ‘यो गीत राम थापाको निकै ठुलो कृति हो । यो गीत मेरैलागी लेखिएको जस्तो लागेको छ । यो मेरो भाग्य हो । म भगवानलाई धन्यवाद दिन चाहन्छु’, निरौलाले बताईन् । यो गीतको भिडिओ आफ्नै टीमले बनाउन पाएकोमा उनले खुसी व्यक्त गरिन् ।

अभिनेता घिमिरेले यो गीतमा अभिनयको कुरा हुँदा गायक राम थापाको उचाईलाई सम्हाल्न सकिदैन कि भन्ने लागेको र डर लागि लागि अभिनय गरेको उनले बताए ।

भिडिओः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu