राजामौलीको ‘आरआरआर’ ट्रेलर रिलिज



एसएस राजामौली निर्देशित चलचित्र ‘आरआरआर’ (राइज रोर रिवोल्ट) को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक भएको ३ मिनेट १५ सेकेण्डको ट्रेलरमा जबरजस्त एक्सन सिन देखाइएको छ । चलचित्रको कहानी तेलुगु फ्रिडम फाइटर अल्लूरी सीताराम राज र कोमाराम भीममाथि आधारित छ । चलचित्रमा राम चरण र जूनियर एनटीआर मुख्य भूमिकामा छन् ।

तीन मिनटको ट्रेलरमा अजय देवगन र आलिया भट्‌टलाई केही सेकेन्डको मात्र ‘स्क्रिन स्पेश’ मिलेको छ । चलचित्रमा श्रिया सरन अलिविया मोरिस, रे स्टीवेन्सन, एलिसन डूडी लगायतको पनि अभिनय छ । चलचित्रको कथा केवी विजयेन्द्र प्रसादले लेखेका हुन् । २०२२ को ७ जनवरी (माघ २४) बाट प्रदर्शनमा आउने फिल्मको बजेट ४ सय करोड रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘आरआरआर’ बहुभाषी चलचित्र हो । यो चलचित्र हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ । नेपालमा समेत निकै प्रतिक्षीत रहेको यो चलचित्रले भारतमा मात्र प्रदर्शनको पहिलो दिन ८० करोडभन्दा माथिको व्यापार गर्ने अनुमान गरिएको छ । साउथ र बलिउड कलाकारको मिश्रण रहेको चलचित्रले प्रदर्शनभन्दा अगावै थिएट्रिकल राइट्सबाट लगानी सुरक्षित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu