धनुष र ऐश्वर्या भए अलग



साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्तले डिभोर्स गर्ने निर्णय लिएका छन् । ऐश्वर्याले धनुषसँग अलगिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट दिएकी हुन् । धनुषले पनि सामाजिक सञ्जालबाट आफूहरु अलगिने निर्णयमा पुगेको बताउँदै एकअर्काको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् ।

‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं । यो यात्रामा हामीले अगाडि बढ्नका लागि एकअर्कालाई सम्झियौं र धेरै कुरा भयो । आज हाम्रो बाटो अलग्गिँदैछ । म र ऐश्वर्या एक जोडीका रुपमा अलग हुँदैछौं । हामी अहिले हरेक विषयलाई अलग–अलग किसिमले सम्झिने कोशिस गरिरहेका छौं । कृपया हाम्रो यो निर्णयको सम्मान गर्नुहोला र गोपनियताको अवसर दिनुहोला’, धनुषले लेखेका छन् ।

धनुष र ऐश्वर्याले विवाह गरेको १८ वर्ष पुगेको छ । उनीहरुले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुको विवाह हुँदा धनुष २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । उनीहरुको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिंगा राजा हो । ऐश्वर्या, साउथ सुपरस्टार रजनीकान्तकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu