पेरिस फेसन विकको ब्याकस्टेजमा नेपाली मेकअप आर्टिस्ट लेमी तामाङको छलाङ



काठमाडौं – नेपाली मेकअप आर्टिस्ट तथा सौन्दर्य व्यवसायी लेमी तामाङले विश्वकै प्रतिष्ठित फेसन इभेन्ट ‘पेरिस फेसन विक’ मा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभालाई चिनाएकी छन्। सौन्दर्य क्षेत्रमा १३ वर्षभन्दा लामो अनुभव बोकेकी उनी यस इभेन्टमा ब्याकस्टेज मेकअप आर्टिस्टका रूपमा जोडिएकी हुन्।

फाइन आर्ट्सको पृष्ठभूमिसहित नेपालबाट व्यावसायिक यात्रा सुरु गरेकी लेमीले यसअघि मुम्बई, दुबई, मिलान र न्युयोर्क जस्ता सहरहरूमा फेसन शो, एडिटोरियल र कमर्सियल प्रोजेक्टहरूमा काम गरिसकेकी छन्। विश्वका अग्रणी क्रिएटिभ, डिजाइनर, मोडल र प्रोडक्सन टिमसँग एउटै मञ्चमा काम गर्ने उनको सपना पेरिस फेसन विकमार्फत साकार भएको छ।

अन्तर्राष्ट्रिय करियरसँगै लेमीले आफ्नै सौन्दर्य व्यवसायलाई पनि विस्तार गर्दै आएकी छन्। सन् २०२१ मा उनले कोरियामा निर्माण हुने उच्च गुणस्तरीय मेकअप सामग्रीसहितको नेपाली ब्रान्ड ‘पास्टेल ब्यूटी’स्थापना गरेकी थिइन्। त्यस्तै, सन् २०२५ मा युवा पुस्तालाई लक्षित गर्दै किफायती मूल्यमा मेकअप सामग्री उपलब्ध गराउने उद्देश्यले उनले अर्को नयाँ ब्रान्ड ‘बिसु ब्यूटी’ समेत सञ्चालनमा ल्याएकी छन्।

सानै उमेरदेखि सुरु भएको लेमीको यो व्यावसायिक यात्रा निरन्तरको मिहिनेत र महत्त्वाकांक्षाको प्रतिफल हो। पेरिस फेसन विकमा उनको यो उपस्थिति व्यक्तिगत करियरको महत्त्वपूर्ण उपलब्धि मात्र नभई विश्व फेसन तथा सौन्दर्य उद्योगमा नेपाली प्रतिभाको बलियो उपस्थितिको उदाहरण समेत बनेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu